IME Life New

नेपाल पुनर्बीमाको लिलामी शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लिलामी मार्फत विक्रीमा ल्याएको ५ लाख कित्ता शेयरमा खरिदका लागि आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ। गत असोज १८ गतेबाट विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक शेयरधनीहरुका साथ अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

खरिद आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS