IME Life New

नेपाल पुनर्बीमाकाे भवन निर्माण कार्य अलपत्र, वर्षेनी लागत भार थपिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। राष्ट्रिय भवन स‌ंहिताकाे प्रावधानका कारण नेपाल पुनर्बीमा कम्पनीकाे प्रस्तावित कर्पाेरेट भवनकाे उचाइँ नाै तल्लेमा सीमित हुने भएकाे छ। सरकारी स्वामित्वकाे पुनर्बीमकले नयाँ बानेश्वरकाे तीनकुने पुल नजिकै ११ तल्ले कर्पाेरेट भवन निर्माणकाे तयारी गरेपनि राष्ट्रिय भवन संहिताकाे प्रावधानका कारण उचाइँ ९ तल्लामा सीमित हुने भएकाे हाे ।

फ्लाेर एरिया रेसियाे, एफएआर (भुइँ क्षेत्र अनुपात) का आधारमा कार्यालयकाे कूल जग्गा क्षेत्रफलकाे आधारमा भवनकाे उचाइँ निर्धारण गरिन्छ। सबै तल्लाकाे क्षेत्रफलकाे याेगफल र घडेरीकाे कूल क्षेत्रफलबीचकाे अनुपातका आधारमा भवनकाे उचाइँ निर्धारण गरिन्छ।

Esewa
Crest

पुल्चाेक इन्जिनियरिङ कलेजका इन्जिनियरहरुबाट पुनः भवनकाे स‌ंरचना परिमार्जन गर्न लगाएर भवनकाे उचाइँ घटाउने सम्बन्धि प्रस्ताव २०७९ असार ६ गते व्यवस्थापनले सञ्चालक समिति समक्ष पेश गरेकाे थियाे ।

प्रस्तावित भवनकाे डिजाइन नक्सा काठमाण्डाैं महानगरबाट स्वीकृत भएपछि स्वीकृत डिजाइन अनुसारकाे भवन निर्माणका लागी नेपाल पुनर्बीमाले नियामक नेपाल बीमा प्राधिकरणबाट पुनः स्वीकृती लिनुपर्नेछ । प्राधिकरणबाट स्वीकृती भएकाे अवस्थामा मात्र भवन निर्माण कार्य अघि बढाउन सक्नेछ ।

प्रकृयागत झण्झट र कम्पनीकाे आफ्नै उदासिनताका कारण भवन निर्माण कार्य अझैसम्म शुरु हुन सकेकाे छैन । भवन निर्माण कार्य ढिलाे हुँदा वार्षिक दश प्रतिशतका दरले भवनकाे निर्माण लागत स्वतः बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS