IME Life New

नेपाल उद्योग परिसंघ र यूरोपियन यूनीयनका पदाधिकारीबीच छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघ र यूरोपियन यूनीयनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ । परिसंघले युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान, नेपालका लागि इयूका राजदूत भेरोनिक लोरेन्जोलगायत यूरोपियन यूनियनका विशिष्ट व्यक्तिहरूसँग दुई पक्षियहितका विषमा छलफल गरेको हो ।

छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपाल र युरोपियन युनियनबीचको आर्थिक र व्यवसायिक सम्बन्धका विषयमा चर्चा गर्नुहुँदै नेपालको आर्थिक विकासका लागि इयूले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराए । उनले युरोपेली मुलुकहरूमा सिधा उडानहरू पुनस् सुचारु गराउन आवश्यक सहयोग गर्न आग्रह गरे । सुरक्षा सूचीबाट हटाई नेपालको पर्यटन क्षेत्रमा योगदान गर्न उनले आग्रह गरेका हुन् ।

Esewa
Crest

नेपालका लागि इयूका राजदूत भेरोनिक लोरेन्जोले यूरोपियन यूनियन नेपालको आर्थिक बृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । साथै यो छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उनले बताए ।

छलफल मुख्यतः व्यापार सम्बन्ध सुदृढ गर्ने, नेपाली उत्पादनलाई इयू बजारमा निर्यात क्षमता बृद्धी गर्ने, सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशबाट विकासोन्मुख राष्ट्रमा स्तरउन्नोती गरेपछिको अवस्था, नेपालका लागि जीएसपी (जनरलाइज्ड स्किम अफ प्रिफरेन्स प्लस) स्थिति सुरक्षित गर्न युरोपियन युनियनको सहयोग, नेपालको उत्पादन र आईटी क्षेत्रको सम्भावना लगायत व्यवसायिक लाभ र आर्थिक विकासका विषमा केन्द्रित थियो।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष राज बहादुर शाह, परिसंघ महिला नेतृत्व फोरम सभापति छाया शर्मा, परिसंघका महानिर्देशक डा। घनश्याम ओझालगायत सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS