IME Life New

नेपाल इन्स्योरेन्सको विशेष साधारणसभा हुने स्थान परिवर्तन, अब कता हुन्छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आयोजना गर्ने स्थान परिवर्तन गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको थियो।

कम्पनी सञ्चालक समितिको वैशाख १८ गते बसेको बैठक विशेष साधारणसभा आउँदो जेठ ४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुने जानकारी गराएको थियो। अब विशेष साधारणसभा सोही मिति र समयमा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा हुने कम्पनीले जनाएको छ। विशेष कारणवश स्थान परिवर्तन गर्नुपरेको कम्पनीको भनाइ छ।

Crest

सभाले सञ्चालक समितिबाट प्रस्तावित कम्पनीको हालको जारी तथा चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने मुख्य अजेन्डा अनुमोदन गर्नेछ।

हकप्रद बिक्रीपश्चात कम्पनीको जारी र चुक्तापुँजी वृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्ने हुँदा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग)मा भएको जारी तथा चुक्तापुँजीसम्बन्धी व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब वैशाख २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउने छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS