IME Life New

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ।

बैंकले फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँबराबरको ‘एनआईएमबी डिबेञ्चर–२०९०’ नामक ऋणपत्र खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

Esewa
Crest

बैंकले १ हजार अंकित दरका कुल ४० लाख ४० हजार इकाइ ऋणपत्र निष्कासन गरेको छ। कुल इकाइमध्ये ६० प्रतिशतले हुने २४ लाख २४ हजार इकाइ ऋणपत्र व्यक्तिगत तबरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशतले हुने १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। सर्वसाधारणमा जारी ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने ८० हजार ८०० इकाइ ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS