IME Life New

नेपाल इन्जिनियरिङ कलेजद्वारा अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले बाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताएका छन् । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका डा. माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् ।

स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्ने कुरामा जोड दिँदै डा। माङले भूराजनिती र विकसीत भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले गर्दा त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको पनि जिकीर गरे ।

Esewa
Crest

कार्यक्रममा उपस्थित तीस जना विद्यार्थीहरूलाई लक्षित गर्दै डा. वाङ होउ माङले अन्वेषण गरी नयाँ कुराहरू पत्ता लगाउँदाको सुखद् क्षणहरूको चर्चा गर्दै विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन दिनुभयो । डा. वाङ होउ माङ सन् १९८६मा स्थापित चीन अन्वेषण तथा शोध समाजका अध्यक्ष हुन् ।

ललितपुरको प्रयागपोखरी स्थित कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा भएको कार्यक्रममा डा.वाङ होउ माङले अन्वेषण पछाडिको विज्ञान शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहि, सोहि केन्द्रका उपप्राध्यापक प्रतिक सिंह ठकुरी सहित अन्य शिक्षकहरू उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी थिए ।

एलो रिभर, याङ्ट्से रिभर र मेकङ रिभर सहित एसियाका ६ वटा प्रमुख नदीहरूको पाँच हजार मिटर भन्दा माथि उचाईमा रहेका मुहानहरू पत्ता लगाई विश्वविख्यात भएका डा. वाङ होउ माङले विगतमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय तथा नासाका अब्बल वैज्ञानिकहरूसँग सहकार्यगरी सेटेलाइट प्रविधिको माध्यमबाट तिव्वतबाट प्रारम्भ भएको एलो रिभरको मुहान पत्ता लगाएका थिए । पछि भू–धरातलीय अन्वेषणको लागि अन्य अन्वेषकहरू सहित ती क्षेत्रहरूको भ्रमण गर्नु भई उक्त नदीको मूल निर्क्योल गरेका थिए ।

अनुसन्धान तथा अन्वेषणको क्रममा उनले विभिन्न देशका आदिवासीहरूको प्रविधिहरू विश्व सामु उजागर गरी ती प्रविधिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसैगरी विश्वका केही लोपोन्मुख जीवहरूको कृतिम गर्भाधानको माध्यमबाट उत्थानमा पनि उनको योगदान उल्लेखनीय छ ।

आफ्नो अन्वेषणको आधारमा तीसवटा पुस्तकहरू लेखी सकेएका डा.वाङको कामको विश्व व्यापी महत्वको आधारमा अमेरीकाको सिएनएन न्यूज च्यालनले उनसँग विभिन्न समयमा १३ पटक अन्तर्वार्ता लिई प्रसारण समेत गरिसकेको छ भने विश्व प्रसिद्ध पत्रिका वालस्ट्रिट जर्नलले पनि उहाँको कामको विवरण मुखपृष्ठमा छापेको थियो ।

कार्यक्रमको आयोजना कलेजका उपप्राध्यापक तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयका संयोजक डा. नारायण प्रसाद कोजुले गरेका थिए । कलेजले विद्यार्थीहरूको अध्ययन अध्यापनमा सहयोग पुगोस् भन्ने हेतूले समयसमयमा विभिन्न बाह्य अन्वेषक, प्राध्यापक लगायत बोलाएर कक्षा लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS