IME Life New

नेपालमा लगानी प्रवर्द्धन गर्न कतारी राजदूतसँग अध्यक्ष ढकालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन्। ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका थिए। सो भेटवाता दुई देशबीचको आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा केन्द्रित भएको थियो।

भेटमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए। उनले राजदूतलाई नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको बताए। उनले लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसँग सहकार्य गरिरहेको पनि बताए।

Esewa
Crest

महासंघ र कतार चेम्बरबीच एक संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनाको छलफल पनि भएको थियो। संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ। काउन्सिलले एकअर्काको बजार विस्तार गर्न संयुक्त पहलका लागि प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ।

यसैबीच राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले द्विपक्षीय लगानी सम्झौतामा गहिरो चासो व्यक्त गरे। उनले यस्तो सम्झौताले लगानी संरक्षण, व्यापार प्रवर्द्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताए। दुवै पक्षले सम्भावित फाइदाहरुबारे छलफल गरे र थप कदमहरु खोज्न सहमत भए।

अन्त्यमा दुवै पक्षले आर्थिक सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धता दोहोराए। महासंघ र कतार चेम्बरले संयुक्त व्यापार परिषद् सम्झौतामा हस्ताक्षर गर्न र लगानीका अवसरहरुको विषयमा वार्ता जारी राख्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS