IME Life New

नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेशी क्याबिनेटको आर्थिक समितिले दियो सैद्धान्तिक स्वीकृती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब‌ंगलादेशको आर्थिक मामिला सम्बन्धी मन्त्रिपरिषद् समितिको बुधबारको बैठकले नेपालबाट विद्युत आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको हो । अर्थमन्त्री आह्म मुस्तफा कमालको अध्यक्षतामा बुधबार भएको बैठकले सैद्धान्तिक स्वीकृती दिएको हो ।

बैठकमा  बिजुलीको महशुल दर भने खुलाइएन । द बिजनेश स्टाण्डर्डका अनुसार यो प्रस्ताव आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समिति (सीसीजीपी)को बैठकमा राखिनेछ । यसअघि गत भदौ ११ गते विद्युत, उर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालबाट जलविद्युत आयात गर्ने लगभग अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।

Esewa
Crest

बंगलादेशले नेपालमा हिउँदमा बढी माग भएका बेला आफ्नो अतिरिक्त बिजुली निर्यात गर्ने अवसर प्राप्त गर्न हिउँद अघि नै नेपालबाट बिजुली आयात गर्ने योजना थियो । बंगलादेशमा जाडोमा बिजुलीको माग घट्छ भने नेपालमा बढ्छ ।

भारतले बंगलादेशलाई भारतीय प्रसारण पूर्वाधारमार्फत नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न अनुमति दिन सहमति जनाएको छ । बंगलादेश–नेपाल ऊर्जा तथा ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त स्टेयरिङ कमिटी (जेएससी) र संयुक्त कार्यसमिति (जेडब्लुसी)को यही वैशाख १ गते बसेको दुईदिने बैठकले नेपालबाट ४० मेगावाट विद्युत् आयात सुरु गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

पावर सेलका महानिर्देशक मोहम्मद हुसेनले भारतको भूभाग हुँदै नेपालबाट विद्युत आयात गर्न सक्ने क्षमता भएको बहरामपुर–भेरमारा प्रसारण लाइनबाट ४० मेगावाट विद्युत् आयात गरिने जानकारी दिएका छन् ।

योजना अनुसार बंगलादेशले सेवा प्रदायकको रुपमा भारतीय कम्पनीमार्फत नेपालबाट बिजुली आयात गर्नेछ। पहिले भारतीय प्रसारण लाइनबाट नेपालबाट बिजुली ल्याउने र त्यसपछि बंगलादेशलाई बिक्री गर्नेछ ।

हाल, बंगलादेशले भारतबाट बिजुली आयात गरिरहेको छ भने भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगमले ब‌ंगलादेश पावर डेभलपमेण्ट बोर्डलाई बिजुली बिक्री गरिरहेको छ। ढाका र काठमाडौंबीचको विद्युत व्यापारको हकमा नेपाल विद्युत प्राधिकरणले विद्युत व्यापार निगम र ब‌ंगलादेश पावर डेभलपमेण्ट बोर्ड दुबैसँग सम्झौता गर्नुपर्नेछ।

४० मेगावाट आयात योजना बाहेक बंगलादेशले भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट जलविद्युत ल्याउन चाहेको समेत द बिजनेश स्टाण्डर्डले उल्लेख गरेको छ ।

नेपालका लागि ब‌ंगलादेशमा विद्युत निर्यात शुरू भएसँगै तेश्रो मुलुकमा बिजुली निर्यातको यो पहिलो अवसर हुनेछ। नेपाल विद्युत प्राधिकरणले दक्षिणी छिमेकी मुलुक भारतसँग बिजुली खरिद बिक्री गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS