IME Life New

नेपालपे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १०% छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । अब ग्राहकले नेपालपे क्यूआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा माघ १ गतेबाट सिमित अवधिका लागि उपलब्ध हुनेछ।

बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा छुटसंगै थुप्रै आकर्षक पुरस्कारहरु रहेका छन्। जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको उक्त ‘विन्टर अफर’ हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरमा उपलब्ध रहेका छन्।

Esewa
Crest

बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिनेछ। ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्नसक्नेछन्।

नेपालपे क्यूआर नेसनल पेमेन्ट स्विचअन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्यूआर स्ट्यान्डर्डको पूर्वधार हो। बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा ४ लाख ६५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजारसमेत गरी ७ लाख १५ हजारभन्दा बढी मर्चेन्ट आबद्ध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS