IME Life New

नेचर सुपर मार्केटको नयाँ शाखा भक्तपुरको बालकोटमा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेचर सुपर मार्केट प्रा.लि.को तेस्रो शाखा सुर्यबिनायक नगरपालिका बडा नं. ३ बालकोट, अधिकारीटोलमा खुलेको छ । सोमवार एक कार्यक्रमबीच सु.न.पा. बडा नं. ३ का अध्यक्ष शिवबरण खत्री एवं बरिष्ठ हास्यकलाकार, चर्चित नायिका एवं सफल निर्देशक दिपाश्री निरौलाले शाखा शुभारम्भ गरेका हुन् ।

गतबर्ष कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा जडिबुटीको नरेफाँटपछि यो शाखा सञ्चालनमा ल्याएको हो । व्यावसायिक क्षेत्रमा ३ दशकलामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको हो ।

Esewa
Crest

राष्ट्रले नगर बनाइसकेपछि शहरीकरण हुन स्वभाविक हो र यस किसिमको मार्टहरु आउनु शहरीकरणको संकेत हो साथसाथै बिभिन्न सामानहरु एउटै छातामुनी त्यो पनि सुपथ मुल्यमा पाउने तथा उपभोक्ताहरुलाई हरेक सामानको मूल्य स्वतजानकारी हुने हुनाले यस किसिमको मार्टको आवश्यकता रहन्छ र नेचर सुपरमार्केट खुलेको छ ।

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराउने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS