IME Life New

नेको इन्स्योरेन्सका कर्मचारीद्वारा ३०० जनालाई खाद्यान्न सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेको इन्सुरेन्स लिमिटेडले हाल नयाँ ब्यवस्थापनका साथ ग्राहकहरुलाई छिटो छरितो बीमा सेवा प्रदान गर्दै बीमा प्रति आम जनसमूदायको सकारात्मक धारणा बनाउदै विश्वास जित्ने प्रयत्न गरिरहेको छ ।
कम्पनीले आफ्नो ब्यवसायको साथ साथै समाज प्रतिको  कर्तब्य सम्झिदै सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Esewa
Crest

कम्पनीका कर्मचारीहरु पनि ब्यक्तिगत रुपमा समाज सेवामा अग्रसर रहेका छन् । हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण का.म.पा. २९ का केही ब्यक्तिहरुलाई विहान बेलुका हातमुख जोर्न समस्या परेको भनी का.म.पा.२९ का वडा अध्यक्षज्यूबाट अनुरोध आएकोले कम्पनीका सम्पूर्ण कर्मचारीहरुको तलबबाट रकम कटृा गरी बिजय मेमोरियल स्कूल, डिल्लीबजारमा उपस्थित भएका करिब ३०० जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, तेल) सहयोग प्रदान गरेको कम्पनीले जनाएकोे छ ।

स्मरण रहोस् हालै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आफ्नो  एक महिनाको पारिश्रमिक बराबरको रकमबाट किर्तिपुरमा करिब ८०० विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न वितरण गरेका थिए । त्यसै गरी कम्पनीका उपत्यका भित्रका कर्मचारीहरुले सिफलमा करिब ५०० बालबालिका तथा मजदुरहरुलाई १० दिनको लागि आवश्यक खाद्यान्न वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS