IME Life New

नीतिगत भ्रष्टाचारका कारण नेपालकाे व्यवसायीक वातावरण कमजाेरः एएम बेष्ट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडाैं । अन्तर्राष्ट्रिय मूल्या‌ंकन एजेन्सी एएम वेष्टले बीमा उद्याेगकाे व्यवसायीक वातावरणका आधारमा नेपाललाई जाेखिम वर्ग समूहकाे सबैभन्दा कमजाेर पाँचाैं श्रेणीमा राखेकाे छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा काेष, ट्रान्सपरेन्सी इन्टरनेशनलकाे प्रतिवेदनका आधारमा एएम वेष्टले नेपाललाई पाँचाै श्रेणीमा वर्गिकृत गरेकाे हाे ।

अप्रत्याशित र अपारदर्शी राजनीतिक वातावरण, कानूनी र नीतिगत अस्थिरताका कारण कमजाेर व्यवसायीक वातावरण, कमजोर कानूनी शासन, कमजाेर मानव विकास सूचकांक र सामाजिक अस्थिरता, सीमित, तरल, वा अव्यवस्थित पूँजी बजारसँगै तुलनात्मकरूपमा नयाँ बीमा उद्याेग रहेकाे मुलुकहरू याे समूह अन्तर्गत समावेश गरिएका हुन्छन् ।

Crest

एएम वेष्टले नियामकीय अस्थिरता, अपारदर्शिता, राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण नेपालकाे सुशासनकाे अवस्था खराब रहेकाे औ‌ंल्याएकाे छ।

एएम वेष्टले अन्तर्राष्ट्रिय भ्रष्टाचार धारणा सूचकांक २०२१ मा नेपालकाे अंक ३३ रहेकाे, जुन समूह ५ भन्दा केही माथि तर समूह ४ भन्दा दश अंक तल रहेकाे उल्लेख गरेकाे छ।

बीमा क्षेत्रले केही समययता नियामकीय अस्थिरताकाे चर्काे सामना गर्नु परिरहेकाे छ। पूँजी वृद्धि, गाभ्ने गाभिने नीति, महिना महिनामा परिवर्तन भइरहने पुनर्बीमा नीतिले बीमा क्षेत्रमा अनिश्चितताकाे वातावरण निर्माण गरि दिएकाे छ। पुनर्बीमालाई लिएर बीमक र नियामक नेपाल बीमा प्राधिकरणबीच द्वन्द्वकाे अवस्था विद्यमान छ।

एएम वेष्टले कन्ट्री रिपाेर्टमा उल्लेख गरेकाे छ, विश्व बैंककाे विभिन्न विश्व शासन सूचकहरू (वर्ल्ड गभरनेन्स इण्डिकेटर) लाई पनि विचार गर्दछ। विश्व बैंकको हालैको मूल्याङ्कन “सुशासन प्रभावकारिता” मा नेपालले -०.९४ अ‌ंक प्राप्त गरेकाे छ,  याे औसत अंक औसतभन्दा ज्यादै तल हाे ।

एएम वेष्टले बीमा उद्याेगकाे जाेखिमकाे अवस्था मूल्या‌ंकनका लागी विश्वका १४० वटा मुलुकलाई विभिन्न मापदण्डका आधारमा समूह १ देखि ५ सम्म वर्गिकृत गर्दै आएकाे छ । समूह १ अन्तर्गत समावेश गरिएका मुलुकहरुमा देश पूर्वाननुमान गर्न सकिने र पारदर्शी राजनीतिक वातावरण हुनु मुख्य विशेषता हो । यसैगरी याे समूहकाे मुलुकमा कानूनी प्रणाली र व्यापार पूर्वाधार, परिष्कृत वित्तीय प्रणाली नियमन गरिएकाे पूँजी बजार र परिपक्व बीमा उद्योग रहेकाे हुन्छ।

समूह ५ अन्तर्गतका मुलुकहरूकाे दाँजाेमा केही सूचकहरूमा नेपाल औसतभन्दा केही राम्रो देखिए पनि अधिकांश सूचकहरू साेही समूहका अन्य मुलुककाे तुलनामा निक्कै कमजाेर रहेकाे एएम वेष्टले टिप्पणी गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS