IME Life New

निसाको साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा ढकाल निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को १३औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । उक्त सम्पन्न १३औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् । उनी ९ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी २ वर्षका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित भएका छनु भने एसोसिएसनका सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दिपक रानाभाट रहेका छन् ।

Esewa
Crest

नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरे ।

बीमाको कार्यप्रक्रिया बीमितको दाबीबाट शुरु हुने तथा बीमाको कार्यप्रक्रियाका लागि कागजात र सवुद प्रमाण आवश्यक हुन्छ भन्ने जानकारीको अभाव बीमितमा अहिले पनि रहेको बताए ।

समारोहमा एसोसिएसनका सल्लाहकार शिवाश्चन साःख, निवर्तमान अध्यक्ष सूर्यप्रसाद जोशीलगायतले सर्भेयरले फिल्डमा आवश्यक जाँचबुझ गरी क्षति मूल्याङ्कन गर्दा बहुआयामिक समस्याहरु सामना गर्नुपरिरहेको चर्चा गर्दै बीमा कम्पनीले बीमालेख जारी गरेका बखतमा त्यसमा रहेका प्रावधान र बन्देजहरुबारे बीमितलाई समयमै अवगत नगराइदिंदा त्यसबाट उत्पन्न समस्या, कार्यक्षेत्रमा खटिएका सर्भेयरले व्यहोर्नु परेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS