IME Life New

निर्माण उद्योगमा मन्दीको असरः आइएमइ अटोमोटिभको व्यापार निरन्तर ओरालो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठूला भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने डोजर लगायतका भारी साधन बिक्री वितरण गर्दै आएको आइएमइ अटोमोटिभको व्यापार दुइ वर्षयता निरन्तर खस्किएको छ।

आर्थिक वर्ष २०७९।८० मा  २१ करोड ७० लाख रूपैयाँको व्यापार गरेको यो कम्पनीले गत आर्थिक वर्षमा जम्मा १० करोड २० लाख रूपैयाँ  बराबरको व्यापार गरेको छ। आव २०७८।७९ मा ६२ करोड ७० लाख रूपैयाँ बराबरको व्यापार गरेको थियो।

Esewa
Crest

इक्रा नेपालले क्रेडिट रेटिङ पछि जारी गरेको प्रेस विज्ञप्ती अुनसार यसको कारोबार आम्दानी ५३ प्रतिशतले खुम्चिएको छ। अघिल्लो आव २०७९।८० मा ६५ प्रतिशतले खुम्चिएको व्यापार गत आव २०८०।८१ मा थप ५३ प्रतिशतले खस्किएको हो । अर्थतन्त्रमा सुस्ततासँगै निर्माण क्षेत्रमा आएको मन्दी र पूँजीगत खर्चमा सरकारको सीमित लगानीका कारण यो कम्पनीको कारोबारमा गिरावट आएको हो।

सीमित कारोबार र उच्च ब्याज खर्चका कारण यसको सञ्चालन मुनाफा दर झण्डै शुन्य प्रतिशतमा झरेको छ। अघिल्लो आव २०७८।७९ मा सञ्चालन मुनाफा ११ प्रतिशत रहेको थियो ।

उधारो अवधि र जगेडा अवधि दुबै वृद्धि भएकाले ऋण उपभोग र ब्याज खर्च दुबैमा दबाब बढेको छ। इक्रा नेपालका अनुसार उधारो अवधि आव २०७८।८९ को २७५ बाट गत आवमा ९०६ दिन पुगेको छ। यसैगरी जगेडा उपकरणहरूको जगेडा अवधि यो अवधिमा १७८ दिन बाट ६८७ दिन पुगेको छ।

कारोबार आम्दानीको तुलनामा चालू पूँजी ११६ प्रतिशतबाट ३८४ प्रतिशतमा उक्लिएको छ। खस्किंदो व्यापार र कमजोर वित्तीय अवस्थाका कारण रेटिङमा नकारात्मक प्रभाव परेको इक्रा नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ। उधारो अवधिमा वृद्धि र कारोबार आम्दानीमा गिरावटका कारण चालू पूँजीका लागि बैंकिङ कर्जामा निर्भरता बढ्दै गएको छ।

इक्रा नेपालको रिपोर्टले आइएमइ अटोमेटिम प्रालिको वित्तीय अवस्थाबारे चिन्ता व्यक्त गरेको छ। कम्पनीले आफ्नो आम्दानी र नाफा बढाउन, आफ्नो ऋणको बोझ व्यवस्थापन गर्न र पर्याप्त तरलता कायम राख्न सक्षम हुन सक्ने क्षमता महत्वपूर्ण हुनेछ। प्रेस विज्ञप्तीमा लगानीकर्ताको वित्तीय सहयोग र सावधानीपूर्वक चालू पूँजी व्यवस्थापनको आवश्यकतामा जोड दिएको छ।

आइएमइ अटोमोटिभ, एस्कर्ट हेभि इक्वीपमेण्टको नेपालका लागि अधिकृत बिक्रेता हो । यसले एक्साभेटर, डोजर, लोडर, क्रेन लगायतका हेभि उपकरणहरू बिक्री गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS