IME Life New

निजी क्षेत्रका लागि स्थिर नीति आवश्यकः अध्यक्ष ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्थिर नीतिको आवश्यक रहेको बताए । आईतबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बजेट आउँदा एक राजनीतिक पार्टीले अघि सारेका नीतिहरु अर्काे पार्टीको सरकार आउँदा परिवर्त हुने प्रवृत्तिमा परिवर्तन गरिनुपर्नेमा जोड दिए । ‘अबका राजनीतिक दलहरुले अर्थतन्त्रको एजेण्डालाई प्राथमिकतामा राख्नुपर्छ भनेर अघि सरेका छन्,’ उनले भने, ’यहि कुरालाई हरेक बर्ष आउने बजेटले पनि सम्बोधन गर्नुपर्छ ।’

Esewa
Crest

बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार हुनुपर्छ भनेर सुझाव दिएका कारण बजेटमा निजी क्षेत्रका केहि सुझावहरु समेटिएको उनले बताए ।
तर, एक बजेटले केहि सहजीकरण र सुविधा दिने तर आगामी आउने वा अर्काे बजेटले ती सुविधाहरुलाई काट्ने समस्या आउँदा निजी क्षेत्र मारमा परेको उनले बताए । यस्तो अप्ठ्यारो उद्योग व्यवसायसँगै बैंक क्षेत्रमा पनि परेको र यसले निजी क्षेत्रमा मात्रै समस्या नपारी सरकारले उठाउने राजस्वमा पनि परेको कुरा राज्यले ख्याल नगरेको बताए ।

यस्ता नीतिहरुमा सरकारले स्थायित्व कायम नगरेकै कारण धेरै उद्योगी व्यवसायीहरु पलायनै हुनुपरेको अवस्था आएको उनले बताए । सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई माथि उकास्न निश्चित कोष बनाउनुपर्ने कुरालाई जोड दिँदै उनले यस्तो कोषको व्यवस्था बजेटले नै गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS