IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषको अन्तर बैङ्क क्वीज प्रतियोगिता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो स्थापनाको ४९औं बर्ष पूरा गरी ५०औं बर्ष प्रवेश गर्न लागेको अवसरमा भदौ २९ गते अन्तर बैङ्क क्वीज प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा नबिल बैङ्क, एभरेष्ट बैङ्क, आइसिएफसि फाइनान्स, मेरो माइक्रोफाइनान्स, साँग्रिला बिकास बैङ्क, नेपाल राष्ट्र बैङ्क, कुमारी बैङ्क, माछापुच्छ्रे बैङ्क, प्रभु बैङ्क, नेपाल एसबिआई बैङ्क र एनआईसि एशिया बैङ्कका प्रतियोगी, अन्य सहभागी तथा कोषका प्रमुख कार्याकारी अधिकृत रमेश घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल लगायत कोषका विभागीय प्रमुख तथा अन्य कर्मचारीहरुको बाक्लो उपस्थितिमा सफलताका साथ प्रतियोगिता सम्पन्न भयो ।

उक्त कार्यक्रम कोषको प्रबन्धक मन्दिरा थपलियाले सञ्चालन गरेकी थिइन् भने दमयन्ति जोशीले क्विज मास्टरको रुपामा मनोरञ्जनात्मक रुपमा प्रतियोगीता सञ्चालन गरेका थिए । प्रथम चरणमा ११ प्रतियोगी समूहबीच प्रतिस्पर्धा गराई सफल ५ प्रतियोगी समूहलाई दोस्रो चरणमा लगी ३ राउण्डमा सञ्चालन भएको प्रतिस्पर्धात्मक खेलमा क्रमशः एभरेष्ट बैङ्क, नेपाल एसबिआई बैङ्क र नेपाल राष्ट्र बैङ्कले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।

Esewa
Crest

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरी सम्मान गरे भने यस्ता प्रतियोगिताहरुले सिकाईलाई ताजा बनाउनुका साथै एक आपसमा परिचयात्मक अवसरको अभिबृद्धि गर्ने हुँदा यस्ता कार्यक्रम बेला बखत आयोजना हुनुपर्ने अभिव्यक्ति राखे ।

साथै, आज भदौ ३० गते आयोजना हुने Walkathon तथा 5K Fun Run मा उपस्थित भई उक्त कार्यक्रम समेत सफल पारिदिनुहुन आग्रह गर्दै प्रतियोगिता अन्त्य भएको घोषणा गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS