IME Life New

निक्षेप बिक्रीका लागि पुनर्बीमा कम्पनीद्वारा बोलपत्र आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पूनर्बीमा कम्पनीले निक्षेप बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । दुई वर्ष अवधिका लागि क बर्गका लागि बाणिज्य बैंकहरुलाई मुद्धती निक्षेप खरिदका लागि झण्डै एक महिनाको अवधीमा तेस्रो पटक बोलपत्र आह्वान गरेको हो । यसअघि पनि दुई पटक बोलपत्र आह्वान गरेर निक्षेप बिक्री गरेको पुनर्बीमा कम्पनीले तेस्रो पटक आफ्नो निक्षेप बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।

कम्पनीले सूचना जारी गर्दै वाणिज्य बैंकहरुसँग माघ २६ गते सम्ममा गोप्य शिलबन्दी फारम बुझाउन आह्वान गरेको हो । कम्पनीले बोलपत्रको साथमा बैंकको पूँजीकोष अनुपात, निष्क्रिय कर्जा, सिडी रेसियो, तरल सम्पत्ति र स्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिल्लो पटक वार्षिक साधारणसभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका साथै अन्य खुलाउन पर्ने कुराहरु केही भए खुलाउनुपर्नेछ सूचनामा उल्लेख छ ।

Esewa
Crest

साथै कम्पनीले मुद्दतीमा लगानी गरिएको रकमको समय समाप्त हुनु अगावै निक्षेप रकम फिर्ता वा मुद्दती निक्षेप धरौटी राखि ऋण लिनुपर्ने अवस्थाको शर्त एवम् सुविधाहरु समेत अनिवार्य रुपमा खुलाउनका लागि भनेको छ ।

प्रस्ताव गरिएको मुद्दती निक्षेपमा प्रदान गरिने व्याजदरको मान्य अवधि न्यूनतम १५ दिन हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीले कति रकम मुद्धती राख्ने भन्ने बिषय खुलाएको छैन । रकम उल्लेख गर्दा बैंकहरुबाट बोलकबोल गर्दा ब्याजदरमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै रकम उललेख नगरिएको पुर्नबीमा कम्पनीले जनाएको छ । बजारमा तरलता अभाव रहेको भन्ने गुनासोका बीचमा पुनर्बीमा कम्पनीको निक्षेप बिक्री नहुनुले बजारमा पर्याप्त मात्रामा तरलता रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS