IME Life New

नाम चलेका ब्राण्ड चाेरी गर्न किन पोख्त छन् नेपालका बिग कर्पाेरेट हाउस ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बौद्धिक सम्पत्तिको चोरी नियन्त्रणका लागी राज्य संयन्त्रलाई सकृयतापूर्वक दबाब दिनुपर्नेमा निजी क्षेत्रका नाम चलेका औद्योगिक व्यापारिक समूहहरु एक पछि अर्को गर्दै अरुको ब्राण्ड चोरी गर्ने क्रम अझैसम्म रोकिएको छैन । जापानको विश्व प्रसिद्ध पेन्ट्स ब्राण्ड नेरोल्याक को दुरुपयोगको विषयमा लामो समयसम्म अदालती  मामिला चलेको विषय ताजै रहेकोमा अहिले बौद्धिक सम्पत्ति चोरीका दुई खाले प्रसङ प्रकाशमा आएको छ, स्थानीय ब्राण्डको चोरी र विदेशी ब्राण्डको चोरी ।

उद्योग विभागले नियमिमतरुपमा प्रकाशन गर्ने औद्योगिक सम्पत्ती बुलेटिनमा प्रकाशितमध्ये ६० प्रतिशतभन्दा बढी ब्राण्ड लोगो, ट्रेडमार्क र स‌ंवेष्ठन डिजाइन कुनै न कुनै स्वदेशी वा विदेशी कम्पनीबाट हुबहु चोरी गरी अनधिकृतरुपमा दाबी गरिएको हुन्छ।

Esewa
Crest
बाैद्धिक सम्पत्ती संरक्षणसम्बन्धी कानूनी छिद्र

पेटेण्ट डिजाइन र ट्रेड मार्क ऐन २०२२ ले बाैद्धिक सम्पत्तीको चोरीलाई स‌ंरक्षण प्रदान गरेको छ। विश्व प्रसिद्ध ब्राण्ड र ट्रेडमार्कहरु नेपालमा जो सुकैले पनि सहजै दर्ता गर्न सक्ने छुट ऐनले दिएको छ। ऐनको दफा २१(ख) मा  विदेशमा दर्ता गरिएको ट्रेडमार्क, डिजायन र ट्रेडमार्रक सम्बन्धित व्यक्तिले नेपालमा दर्ता नगराई त्यस्तो पेटेण्ट, डिजायन र ट्रेडमार्कमा निजको नेपालमा हक कायम नहुने प्रावधान छ । उदाहरणका लागी विश्वप्रसिद्ध एप्पल ब्राण्ड अमेरिकी कम्पनीले नेपालमा दर्ता नगराएको अवस्थामा जोसुकैले पनि उक्त ब्राण्डमा दाबी गरेर नेपालमा आफ्नो नाममा दर्ताका लागी उद्योग विभागमा निवेदन दर्ता गराउन सक्छ। विभागले ३५ दिने सूचना प्रकाशन गरेर दाबी विरोध गर्न सूचना प्रकाशन गरेपछि कसैले दाबीविरोध गर्न नआएमा निवेदन दर्ता गराउनेको हक लाग्ने गरी ब्राण्ड दर्ता गरिदिन्छ।

चाउचाउको बजारमा स्थापित बहुर्राष्ट्रिय ब्राण्ड वाइवाइ लाई समेत चुनौती दिंदै घरेलु बजारमा धुम मच्चाएको करेण्ट चाउचाउ विरुद्ध चौधरी समूहले ब्राण्ड चोरीको आरोपमा मुद्दा दायर गरेको छ । करेण्ट चाउचाउको उत्पादक कम्पनी यशोदा नुडल्सले सस्तो मूल्यको चाउचाउ उत्पादन गर्दा लेबल(खोल) मा वाइवाइ सँग मिल्दोजुल्दो आकृती (ग्राफिक्स) र रंगसंयोजन प्रयोग गरेको भन्दै सिजी ग्रुपले कानूनी उपचारको लागी गुहार लगाएको छ ।

आरएमसी सिमेण्ट, पाल्पा सिमेण्ट, आरएसी जस्तापाता, पाइप, आरएमसी फुड्सको सञ्चालक समूह आरएमसी ग्रुपले भाटभटेनी समूहको भाटभटेनी ब्राण्ड आफ्नो नाममा दर्ता गराएको प्रकरण हालै मात्र इन्स्योरेन्स खबरले सार्वजनिक गरेको थियो ।

विदेशमा लामो समयसम्मको प्रचार प्रसार गुणस्तरिय उत्पादन तथा सेवा र व्यापक जनसम्पर्कसँगै गाैरवशाली इतिहासको बलमा स्थापित ब्राण्डलाई १ हजार रुपैयाँ दर्ता शुल्क भुक्तानी गरेकै भरमा नेपालमा कसैले पनि कब्जा गर्न स‌ंभव छ। केएल दुगड ग्रुपले चोरी गरेको भारतीय ब्राण्डा धारा तेल, कुरकुरे, त्रिवेणी ग्रुपले चोरेको रानी तेल, व्यापारी श्रवण कुमार अग्रवालको रुक्मणी केमिकल्सले चोरेको कान्साइ नेरोल्याक पेण्टस् ब्राण्ड, रूक्मणी ग्रुपले चोरेको भारतीय स्टोनेक्स र एसआरएस विदेशी ब्राण्ड नक्कलको ज्वलन्त उदाहरण हुन् ।

मीन बहादुर गुरूङको स्थापित ‘भाटभटेनी’ ब्राण्ड चाेर्न उद्याेग परिसंघका अध्यक्ष अग्रवाल नै सकृय

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS