काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले १८ करोड रुपैयाँ रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क र ख वर्गको बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा लगानी गर्ने जनाएको हो । जसका लागि बैंक तथा वित्तीय संस्थालाई आफुले लिन चाहेको रकम र प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तानी समय उल्लेख गरी सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र तोकिएको विवरण भरी सिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको हो ।


















