IME Life New

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम छनोट, को–को छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा ५ जनाको नाम छनोट भएको छ।

अर्थ मन्त्रालयले आज कोषको कार्यकारी निर्देशकका लागि सर्टलिस्टमा परेका नामहरु सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्टलिस्टमा परेका छन्।

Esewa
Crest

शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्तां‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई सर्टलिस्ट गरिएको मन्त्रालयले जनाएको छ।

अब छनोट भएका उम्मेदवारले पावरप्वाइन्ट प्रस्तुति र अन्तर्वार्ता दिनेछन् । त्यसबाट एक जनाको छनोट हुनेछ । प्रस्तुति र अन्तर्वार्ताको पुस १७ गते छनोट भएका उम्मेदवारहरुलाई बोलाइएको छ। प्रस्तुतीकरण एक उम्मेदवारका लागि ४० मिनेटको हुने मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS