IME Life New

नागरिक लगानी कोषको कर्जा भुक्तानी अब अनलाईनबाटै गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता भएको छ । नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको(८०५) कर्जा भुक्तानीलाई अनलाईन माध्यम मार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता भई कनेक्टआइपीएस ईपेमेन्ट प्रणालीबाट हुने भएको हो ।

उक्त सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८० प्रतिशत) कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्टआइपीएस बाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । नागरिक लगानी कोषको कनेक्टआइपीएस प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS