IME Life New

नविकरण बीमा शुल्कमा नेपाल लाइफको अग्रता कायमै, अन्य कम्पनीको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले नविकरण बीमाशुल्कमार्फत १७ अर्ब १० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा नविकरण बीमाशुल्कको आधारमा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्यारेन्स कम्पनी रहेको छ ।

Esewa
Crest

बीमा समितिको तथ्याङक अनुसार कात्तिक मसान्तसम्ममा नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले नविकरण बीमाशुल्कमार्फत सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा ७ अर्ब ९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपाल रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा ३ अर्ब ७८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा एक अर्ब ८० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी मेट लाइफ इन्स्योरेनस कम्पनीले कात्तिक मसान्तसम्ममा ९४ करोड रुपैयाँ, एशियन लाइफले ८५ करोड रुपैयाँ, प्राईम लाइफले ६३ करोड रुपैयाँ, गुराँस लाइफले ४४ करोड रुपैयाँ, युनियन लाइफले ४४ करोडल रुपैयाँ, सूर्या लाइफले ४२ करोड रुपैयाँ, सन नेपाल लाइफले १३ करोड रुपैयाँ नविकरण बीमाशुल्क मार्फत आर्जन गर्न सफल भएका छन् ।

ज्योति लाइफले १२ करोड रुपैयाँ, रिलायन्स लाइफले ११ करोड रुपैयाँ, रिलायबल लाइफले ११ करोड रुपैयाँ, सिटिजन लाइफले ११ करोड रुपैयाँ, सानिमा लाइफले ७ करोड रुपैयाँ, प्रभु लाइफले ६ करोड रुपैयाँ बीमाशुल्क नविकरण मार्फत जीवन बीमा कम्पनीहरुले आर्जन गर्न सफल भएका छन् ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र आइएमई लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाईफले कम्पनीले भने नविकरण बीमाशुल्क रुपैयाँ तथ्याङकमा प्रस्तुत गरेको छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS