IME Life New

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले बुधबार साँझ सपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको २० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिएको छ। मन्त्रिपरिषदमा बुधबार सहभागी थप १६ जना मन्त्रीले सपथ ग्रहण गरेका हुन्। हिजो तीनजना मन्त्रीले सपथ लिएका थिए।

Esewa
Crest

नयाँ सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका छन् । एमालेबाट पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानीमन्त्री बनेका छन्।

यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं परराष्ट्रमन्त्री बनेका छन्। माओवादीबाट वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन्। रास्वपाबाट डीपी अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बनेका छन्।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन्। जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकासमन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS