IME Life New

नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्नेबारे थप प्रस्टीकरण दिन धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले अहिलेको अवस्थामा पुँजीबजारमा नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्नेबारे थप प्रस्टीकरण पार्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।

अर्थ मन्त्रालयले सोमबार धितोपत्र बोर्डलाई पत्र पठाउँदै यसबारे थप स्पष्ट पार्न निर्देशन दिएको हो। यसअघि सर्वोच्च अदालत र अर्थ समितिबाट क्लिन चिट पाइसकेको अवस्थामा सरकारले पनि नयाँ स्टक एक्सचेन्ज ल्याउन बाटो खुला गरिदिनुपर्ने आग्रह गर्दै धितोपत्र बोर्डले आइतबार अर्थ मन्त्रालयमा पत्र पठाएको थियो। धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा पत्र पठाउने निर्णय भने गत शुक्रबार गरेको थियो।

Esewa
Crest

धितोपत्र बोर्डको पत्रमा जबाफ पठाउँदै अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्ने कारणबारे थप स्पष्टता माग गरेको धितोपत्र बोर्ड स्रोतले भन्यो। ‘धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बुधबारलाई डाकिएको छ’, स्रोतले भन्यो, ‘बुधबारको बैठकमा अर्थ मन्त्रालय पठाएको पत्रका विषयमा छलफल हुने अजेन्डा रहेको छ। त्यसपछि सञ्चालकहरुले निर्णय गरेर पुनः अर्थ मन्त्रालयले पत्र पठाउनेछन्।’

नयाँ स्टक एक्सचेन्ज ल्याउने विषयको चर्को आलोचना भएपछि मन्त्रिपरिषदको निर्णयबाट यो प्रक्रिया स्थगित गरिएको छ। अब सरकारले नै नयाँ स्टक एक्सचेन्जका विषयमा निर्णय गर्न सक्ने धितोपत्र बोर्डले बतायो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS