IME Life New

नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न समिति गठन, प्रतिवेदन पेस गर्न ४५ दिनको समयसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।

समितिका सदस्यमा अधिवक्ता सिजन गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य रहेको अर्थ मन्त्रालय स्रोत बताउँछन्। ‘अर्थकै सिफारिसमा मन्त्रिपरिषदले नयाँ स्टक एक्सचेन्ज आवश्यक छ वा छैन भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरेको हो’, स्रोतले भन्यो।

Esewa
Crest

शिवकोटी नेतृत्वको समितिलाई ४५ दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न समय दिइएको छ। ‘नेपालको पुँजीबजार विकास र विस्तारको अवस्था र अहिलेको अवस्थामा अर्को नयाँ स्टक एक्सचेन्जको अनुमति दिनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने अध्ययन गर्न समितिलाई निर्देशन दिइएको छ’, स्रोतले भन्यो।

नेपाल धितोपत्र बोर्डले गत वर्ष २ असोज २०७९ मा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने कम्पनीहरुबाट आवेदन खुला गरेको थियो। तर, यो प्रक्रिया अघि बढेसँगै विवाद भएको थियो। यो मुद्दा अदालतसम्म पुगेको थियो। अदालत र प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति प्रक्रिया अगाडि बढाउन ग्रिन सिग्नल दिइसकेको अवस्थामा गत वैशाख २६ गते मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS