IME Life New

नयाँ सोच र योजनाका साथ काम गर्नैपर्छः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सोच र योजनाका साथ काम गर्नैपर्ने धारणा राखेका छन्।

आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। ‘त्यसैले प्रक्रिया छोट्याएर परिणाम दिनेगरी काम गरौँ’, उनले भने, ‘१ वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रमा आएको सकारात्मक सुधार हेर्दा भन्न सकिन्छ। अहिले गरिएको प्रयासबाट पनि छिटै सकारात्मक र गुणात्मक परिणाम आउनेछ।’

Esewa
Crest

‘पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्दै मैले भनेको थिएँ कि मेरो तेस्रो कार्यकालको दोस्रो वर्ष सिंहदरबारमा केन्द्रित भई परिणाममुखी काम गर्नेछु’, दाहालले भने, ‘त्यसअनुसार पुसदेखि बिहान १० बजे नै सिंहदरबार आएर सरकारी काममा केन्द्रित हुँदै आएको छु।’

पछिल्लो १ महिनाको अवधिमा विभिन्न मन्त्रालयसँग छलफल गरी समस्याको गाँठो फुकाउने काम भएको प्रधानमन्त्री दाहालले बताए। ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभाग र कार्यालयहरुसँग नियमित छलफल गरेको छु’, उनले भने, ‘एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गरी नीतिगत समस्याको सम्बोधनसमेत गर्दै आएको छु।’

यही नियमित प्रक्रियाअनुसार प्रधानमन्त्री दाहालले आज पनि सिंहदरबार २ वटा महत्वपूर्ण छलफल गरे। कालीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिनेबारे छलफल भएको छ। त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई रुपान्तरकारी बनाउनेसम्बन्धी छलफल भएको छ।

‘यी दुवै छलफलमा सरोकार मन्त्रालय, विभाग र निकायहरुलाई मैले प्रस्ट निर्देश गरेको छु’, उनले भने, ‘परम्परागत सोच र औपचारिकताबाट देशको समृद्धि र विकास सम्भव छैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS