IME Life New

नबिल स्टक डिलरको बढ्यो नाफा, रिजर्भमा छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा नबिल स्टक डिलरले ६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ११.५१ प्रतिशतले बढेको छ।

Esewa
Crest

दोस्रो त्रैमासमा कम्पनीले सेवा प्रवाहबाट ९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३.२१ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले ९ लाख ६३ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ।

चुक्तापुँजी १ अर्ब ५२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ र रिटेन्ड अर्निङ १११.५२ प्रतिशतले बढेर १२ करोड ६६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भ र रिटेन्ड अर्निङमा ५ करोड ९८ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ८.७८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ३.९४ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०८.३३ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS