IME Life New

नबिल स्टक डिलरको औपचारिक कारोबार सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नबिल स्टक डिलर लिमिटेडले आजदेखि औपचारिक रुपमा कारोबार सञ्चालन गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको प्रमुख अतिथ्यतामा डिलरको औपचारिक उद्घाटन भएको हो ।

यस कम्पनीले गत भदौ २० गतेदेखि अनौपचारिक रुपमा कारोबार सुरु गरेता पनि आज अर्थात मंसिर २९ गतेबाट औपचारिक रुपमा सेवा संचालनमा ल्याएको हो ।

Esewa
Crest

कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) सेवा प्रदान गर्नेछ ।

यस स्टक डिलरका सिइओ सुरेश टेवकोटाले नयाँ डिलरको रुपमा बजारमा भित्रिएको यस डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी सेवा दिने बताएका छन् । उनले भने,मर्चेन्ट बैंकिङको क्षेत्रमा यस डिलरले लगानीकर्ताहरुलाई सरल र सहज सेवा प्रदान गर्नेछ ।

उक्त कम्पनी नबिल बैंकको पूर्ण स्वामित्वमा रहेको  छ। सो अवसरमा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्य, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना,नेपाल धितोपत्र बोर्डका पूर्व उपकार्यकारी निर्देशक निरज गिरी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS