IME Life New

नबिल बैंकको ३४ प्रतिशत लाभांश सुरक्षित आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नबिल बैंकको ३४ प्रतिशत लाभांश पाउने सेयरधनी बन्ने सोमबार अन्तिम दिन रहेको छ । बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी कुल ३४ प्रतिशत लाभांश पारित गर्न फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यसका लागि मंगलबार फागुन १४ गते बुक क्लोज हुने भएकाले लाभांश सुरक्षित गर्न सोमबारसम्म सेयरधनी बनेको हुनुपर्नेछ ।

Crest

नबिलले साविकको एनआइडीसी डेभलपमेन्ट बैंकले लिलामीमा बिक्री गरेको १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने एजेन्डा पनि साधारण सभामा पेश गर्नेछ । साथै, बैकको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब स्वीकृत गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको वित्तीय विवरणसहित एकीकृत वित्तीय पारित गर्ने, लेखा परिक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्तावहरु रहने भएको छ ।

साधारण सभा फागुन २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमालादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । हाल यसको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । प्रस्तावित १२५ प्रतिशत बोनस सयेर वितरणपछि चुक्ता पुँजी ९ अर्व ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिलले २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS