IME Life New

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले आज मंसिर २९ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन खुला गरेको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। बैंकले कुल ३० लाख इकाइ ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख इकाइ सर्वसाधारणलाई र १ अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ।

Crest

सर्वसाधारणलाई छुट्याइएको १२ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात् ६ करोड रुपैयाँबराबरको ६० हजार इकाइ सामूहिक कोषका लागि समावेश गरिएको छ । सर्वसाधारणले न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्म लगानी गर्न सक्नेछन्।

यो ७ वर्षे ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन्। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा पुस ३ गते र ढिलोमा पुस १३ गते बैंकिङ समयपछि हुनेछ।

यो ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

नबिल बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS