IME Life New

धितोपत्र बोर्ड र शेयर लगानीकर्ताका संगठनहरुबीच छलफल, के-के दिए सुझाव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर लगानीकर्ताका संगठनहरुले शेयर बजार सुधारका लागि विभिन्न सुझाव नेपाल धितोपत्र बोर्डसमक्ष पेस गरेका छन्।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधारका लागि सरोकारवालासँग छलफल गरी आवश्यक कार्ययोजना पेस गर्न धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई निर्देशन दिएको थिए। सोही निर्देशनबमोजिम आज धितोपत्र बोर्डमा भएको छलफलमा शेयर लगानीकर्ताका संगठनका नेताहरुले बजार सुधारका लागि तत्काल गरिदिनुपर्ने कामका विषयमा सुझाव दिएका हुन्।

Esewa
Crest

छलफलमा नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र पुँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुले आआफ्नो सुझाव कार्ययोजनामा समेट्न धितोपत्र बोर्डलाई सुझाव दिएका छन्। शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले मुख्यगरी ४–५ वटा सुझाव कार्ययोजनामा समेट्न धितोपत्र बोर्डलाई सुझाव दिइएको बताए। ‘हामीले मुख्यगरी हालको पुँजीगत लाभकर घटाउन सुझाव दिएका छौँ’, उनले भने, ‘अल्पकालीन लगानीकर्तासँग लिइँदै आएको ७.५ प्रतिशत पुँजीगत लाभकरलाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताबाट लिइने ५ प्रतिशत पुँजीगत लाभकरलाई ३ प्रतिशतमा झार्न सुझाव दिएका छौँ। यसका साथै, संस्थागत लगानीकर्ताबाट लिइने १० प्रतिशत पुँजीगत लाभकर पनि घटाउनुपर्ने सुझाव दिएका छौँ।’

यसैगरी शेयर धितो कर्जामा लगाइएको सीमा पूर्ण रुपमा हटाउन पनि आफूहरुले माग गरेको फुल्लेलले बताए। ‘अहिले शेयर धितो कर्जामा व्यक्तिगतको हकमा १५ करोड र संस्थागतको हकमा २० करोड रुपैयाँ सीमा लगाइएको छ’, उनले भने, ‘त्यसलाई हटाउनुपर्ने हाम्रो माग हो।’

धितोपत्र बोर्ड गत कात्तिकमा घटाएको शेयर कारोबारको कमिसन तत्काल कार्यान्वयन गर्न पनि आफूहरुले माग गरेको फुल्लेलको भनाइ छ। ‘धितोपत्र बोर्डको कमिसन घटाउने निर्णय अर्थ मन्त्रालयमा थन्किएको छ, त्यसलाई तत्काल कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने।
फुल्लेलले नेपालको पुँजीबजारमा गैरआवासीय नेपालीलाई छिटोभन्दा छिटो भित्र्याउन पहल गरिदिन पनि धितोपत्र बोर्डलाई सुझाव दिइएको बताए। ‘नेपाल पुँजीबजारको सुधार गर्न यो कार्य तत्काल गर्न आवश्यक छ’, उनले भने।

पुँजी बजार सुधारका लागि इन्ट्राडे कारोबार र सर्टसेलको व्यवस्था गर्नुपर्ने आफूहरुले सुझाव दिएको फुल्लेलले जानकारी दिए। ‘त्यसैले उच्च ब्याजदर भएकोले कर्जा विस्तार हुन सकेको छैन’, उनले भने, ‘कर्जा प्रवाह बढाउन ब्याजदर एकल अंकमा झार्नुपर्ने हाम्रो माग छ।’

छलफलमा नेप्सेका सीईओ कृष्णबहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति शैलेन्द्र गुरागाईं, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाललगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS