IME Life New

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा बजारमा मौलायो विकृति, सोझालाई फसाउन खुलेआम अवाञ्छित गतिविधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्वविहीन रहेको अवस्थाको फाइदा उठाएर फेरि बजारमा चलखेल हुन थालेको छ। केही टाठाबाठा लगानीकर्ताले विभिन्न सामाजिक सञ्जालमार्फत सोझा लगानीकर्तालाई फसाउने मनासायका साथ चलखेल गर्न थालेका हुन्।

रमेशकुमार हमालको गत पुस २० गतेबाट कार्यकाल सकिएपछि धितोपत्र बोर्ड अहिले अध्यक्षविहीन बन्न पुगेको छ। निमित्तको जिम्मेवार डा. नवराज अधिकारीलाई दिइएको छ। तर, उनलाई दैनिक कार्य सञ्चालनको मात्रै अधिकार दिइएको छ।

Esewa
Crest

कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैँले वा अरुसँग मिली अवाञ्छित गतिविधि गरेको खण्डमा कारबाहीको व्यवस्था छ। तर, केही दिनयता शेयर बजारमा परिचित दीपेन्द्र अग्रवालले कारोबार समयमै सामाजिक सञ्जालमार्फत खुलेआम कम्पनीको नामै तोकेर मूल्यमा प्रभाव पार्ने हिसाबले स्ट्याटस राख्ने र क्लब हाउसमा बोल्ने गरेको पाइएको छ। यसअघि पनि उनले बजार प्रभावित गर्ने गरी विभिन्न सामाजिक सञ्जाल फोरममा बोल्ने गरेका थिए।

कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजारमूल्य बढाउने वा घटाउने र स्थिर बनाउने कोसिस गरेमा धितोपत्र बजारलाई प्रभावित पारेको मानिने धितोपत्र बोर्डले कानुनी व्यवस्था गरेको छ। त्यस्ता व्यक्ति वा संस्थामाथि कानुनी कारबाही व्यवस्था पनि गरेको छ।

यद्यपि अग्रवालजस्ता व्यक्तिले पटक–पटक शेयर बजारलाई प्रभावित गर्ने र सोझा लगानीकर्तालाई फसाउने उद्देश्य राखेर अभिव्यक्ति दिइरहँदा पनि धितोपत्र बोर्डले अहिलेसम्म त्यस्ता अवाञ्छित गतिविधि रोक्न नसकेको देखिन्छ।

धितोपत्र बोर्डका निमित्त प्रमुख अधिकारीले पछिल्लो समय शेयर बजारलाई प्रभावित गर्ने गरी दीपेन्द्र अग्रवालले अभिव्यक्ति दिइरहेको भन्नेबारे जानकारी प्राप्त भएको बताए। ‘अग्रवालले विगतमा पनि यस्तै अवाञ्छित गतिविधि गर्दै आएको उजुरी धितोपत्र बोर्डमा परेको थियो, पहिले पनि अग्रवालमाथि कारबाही प्रक्रिया अगाडि बढेको थियो, यो कुरा सञ्चालक समितिसम्म पुगेको थियो’, उनले भने, ‘त्यतिबेला अग्रवालमाथि किन कारबाही भएन भन्ने विषयमा सम्बन्धित महाशाखाका प्रमुखसँग छलफल गरिरहेको छु। अहिले उनले गरिरहेका गतिविधिका विषयमा थप अध्ययन भइरहेको छ।’

धितोपत्र बजारलाई प्रभाव पार्नेखाले गतिविधि गर्नेहरुमाथि कारबाही हुने अधिकारीले बताए। ‘छिट्टै यस विषयमा केही निर्णय गर्छौं’, उनले भने, ‘सामाजिक सञ्जालको प्रयोग गरी धितोपत्र बजारलाई प्रभावित पार्ने खाले गतिविधिमाथि पनि निगरानी बढाएका छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS