IME Life New

धितोपत्र बोर्डबाट बिदा भए हमाल, नेपालको आर्थिक र सामाजिक विकासमा सधैं प्रयत्नशील रहने अठोट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अध्यक्ष रमेशकुमार हमालको बिदाइ भएको छ।

सरकारले हमाल २०७८ चैत ५ गते सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। उनले २०७८ चैत ८ गतेबाट अध्यक्षको पदभार ग्रहण गरेका थिए। हमालको कार्यकाल आज पुस २० गतेबाट सकिएको छ। योसँगै उनले धितोपत्र बोर्ड बिदा भएका छन्।

Esewa
Crest

हमालले सम्पूर्ण लगानीकर्ता तथा सञ्चारकर्मीलाई कृतज्ञता प्रकट गरेका छन्। यो धितोपत्र बोर्ड रहँदा नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा सहयोगी हुने कयौं सकारात्मक सुधार प्रयास सुरु भएको दाबी गरेका छन्। स्टार्टअप तथा उद्यमशीलता विकास र पुँजी निर्माणको सबलीकरण एवं एसएमआई इको–सिस्टम्सका माध्यमले एउटा नयाँ आयाम सिर्जना भएको उनले बताए।

सुशाुन, प्रतिस्पर्धा र गुणवत्ताको वातावरणमार्फत बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने र उच्चतम जबाफदेहीता राखी कानुन कार्यान्वयनको स्थिरताबाट लगानीकर्ताको हित संरक्षणमा निरन्तरता दिनुका साथै विशेषगरी ‘स्तुतिको संस्कारबाट कार्यसम्पादन संस्कारको रुपान्तरणमा एक दियो बालेर आजबाट धितोपत्र बोर्डको यात्रा समाप्त भएको हमालले बताए।

आगामी दिनमा सार्वजनिक भूमिकामा नरहे पनि एक सचेत नेपाली नागरिकका रुपमा नेपालको आर्थिक र सामाजिक विकासमा सधैं नै प्रयत्नशील रहिरहने हमालले अठोट व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS