IME Life New

धितोपत्र बोर्डको अध्यक्ष बन्न थुप्रै लालायित, को–को छन् मैदानमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न थुप्रै आकांक्षी देखिएका छन्। आवेदन दिनेमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)कै बहालवाला कर्मचारीदेखि शेयर बजारका लगानीकर्तासम्म रहेका छन्।

धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि दरखास्त दिने आज फागुन ३० गते अन्तिम दिन रहेको थियो। अन्तिम दिनसम्म एक दर्जनभन्दा बढी आवेदन परेको अर्थ मन्त्रालय स्रोत बताउँछ।

Esewa
Crest

सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले गत फागुन १६ गते एक सूचना प्रकाशित गरी धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशकत्रय नवराज अधिकारी, कृष्णराज पोख्रेल र मुक्तिनाथ श्रेष्ठले आवेदन दिएका छन्। धितोपत्र बोर्डकै पूर्वकार्यकारी निर्देशक निरज गिरीले पनि अध्यक्षमा आवेदन दिएका छन्।

यसैगरी नेप्सेबाट सीईओ कृष्णबहादुर कार्की र उपप्रबन्धक प्रवीण प्रबन्धकले पनि धितोपत्र बोर्डको अध्यक्षमा आवेदन दिएका छन्। नेप्सेकै पूर्वसीईओ सीताराम थपलिया र नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारी पनि अध्यक्ष बन्ने दौडमा उत्रिएका छन्। चिरञ्जीवी चापागाई,सूर्य प्रसाद अधिकारी, रामदेव यादव,डा. बिमल कुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल पनि अध्यक्ष बन्ने लाइनमा छन् ।

शेयर बजार बुझेका डा केशव श्रेष्ठ, डा गोपाल भट्ट र मुक्ति अर्यालले पनि धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका छन्। त्यस्तै सन्तोष श्रेष्ठ र रघु काफ्ले पनि अध्यक्षको आंकाक्षी बनेका छन्।

गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ। समितिले परेका आवेदनबाट योग्य ५ जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता र प्रस्तुतीकरण लिनेछ। त्यसपछि ती ५ जनामध्येबाट ३ जना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ। यसरी सिफारिस गरिएका ३ जनाबाट सरकारले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS