IME Life New

धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, आवेदन पेस गर्न १५ दिनको समयसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ। सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले आज बुधबार एक सूचना प्रकाशित गरी धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। समितिले हिजो मंगलबार धितोपत्र बोर्डको अध्यक्षा नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि सार्वजनिक गरेको थियो।

गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ। अब समितिले परेका आवेदनबाट योग्य तीनजना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ। यसरी सिफारिस गरिएका तीनजनाबाट सरकारले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।

Esewa
Crest

तोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका लब्धप्रतिष्ठित व्यक्ति, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम देहायको योग्यता भएको (क) नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको पेसागत अनुभव हासिल गरेको र सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको व्यक्तिलाई अध्यक्षमा चयन गर्ने कार्यविधिमा खुलाएको छ।

यसैगरी अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) को दफा ३ (ग) बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित)ले तोकेबमोजिम अयोग्यता नरहेका व्यक्तिलाई छनौट गर्ने कार्यविधिमा उल्लेख छ। जसअनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको, प्रचलितकानुनबमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि ३ वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको र मानसिक सन्तुलन ठीक नभएकोलाई अयोग्य मानिनेछ।

धितोपत्र बोर्डको अध्यक्षमा आवेदन दिने उम्मेदवारहरुको मूल्यांकन व्यावसायिक कार्ययोजना, शैक्षिक योग्यता, व्यावासयिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामार्फत गरिने कार्यविधिमा उल्लेख छ। जसअनुसार व्यावसायिक कार्ययोजनाको अंकभार ४०, शैक्षिक योग्यता अंकभार १२, व्यावासयिक कार्ययोजनाको प्रस्तुतीकरण अंकभार १८ र अन्तर्वार्ताको अंकभार ३० तोकिएको छ।

इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात फागुन ३० गतेसम्म कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिनुपर्नेछ। आवेदन दिँदा ५ हजार दस्तुर तिर्नुपर्ने छ।

दरखास्त दिँदा आवश्यक कागजपत्र तथा विवरण आवेदक स्वयंले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो र व्यावसायिक कार्ययोजना ४ प्रतिशत खामबन्दी गरी पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS