IME Life New

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढ्यो, निमित्त तोक्ने काम भने अझै भएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।

Esewa
Crest

धितोपत्रसम्बन्धी ऐन, २०६३ मा भएको व्यवस्थाबमोजिम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिले अब धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि कार्यविधि बनाउनेछ र अर्को साताभित्रै आवेदन खुला गर्ने सम्भावना रहेको धितोपत्र बोर्ड स्रोत बताउँछन्।

प्राप्त आवेदनबाट समितिले कम्तीमा तीनजनाको नाम छनौट गरी अर्थ मन्त्रालयमा सिफारिस गर्नुपर्छ। त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा ती तीनजनामध्ये मन्त्रिपरिषदले एकजनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान छ।

गत पुस २० गतेबाट धितोपत्र बोर्डको अध्यक्ष पदबाट रमेशकुमार हमालको कार्यकाल सकिएको थियो। उनको कार्यकाल सकिएको दुई सातापछि सरकारले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो।

अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढे पनि सरकारले अझै निमित्तको जिम्मेवारी कसैलाई नदिँदा धितोपत्र बोर्डको कामकाज दुई सातादेखि ठप्प छ। ‘अब १–२ दिनभित्रै अर्थ मन्त्रालयले निमित्तको जिम्मेवारी तोकिदिने सम्भावना छ’, धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS