IME Life New

धितोपत्र बोर्डका अध्यक्षका लागि पुनः आवेदन खुला, पहिलाकाले पनि दोहोर्याएर निवेदन दिनु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षका लागि पुनः आवेदन खुला गरिएको छ । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिका विषयमा विवाद भए पछि उक्त समिति नै पुनर्गठन गरिएको थियो । पुनर्गठित समितिले आज पुनः आवेदन खुला गरेको हो । पहिलाको समितिले आवेदन खुला गर्दा आवेदन दिएकाले पनि पुनः दोहोर्याएर आवेदन दिनु पर्ने भएको छ । यदि उनिहरु मध्ये कसैले आवदेन दिन नचाहेमा निवेदन फिर्ता लिएर भुक्तानी गरेको शुल्क फिर्ता लैजाना पाउने छन् ।

सिफारिस समितिले यहि पुस २९ गतेसम्म आवेदन खुला गर्ने भएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई गोप्य सिलबन्दी आवेदन पेश गर्न सक्ने छन् ।

Esewa
Crest

अध्यक्ष बन्न इच्छुक नेपालीले आफ्नो योग्यता पुग्ने कागजपत्रका साथै व्यवसायिक कार्ययोजना समेत पेश गर्नु पर्नेछ । धितोपत्र बोर्डको अध्यक्षका लागि बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, बाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनु पर्ने छ । दरखास्त आवेदन सँगै तीन हजार रुपैयाँ दरखास्त दस्तुर तिर्नु पर्नेछ ।

पहिलाको आवेदन खुला हुँदा १२ जनाले आवेदन दिएका थिए । यस भन्दा पहिला धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पुर्व प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया, बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाई, अनिल पौडेल, केशवप्रसाद श्रेष्ठ, जीवन अम्गाई, रमेश हमाल, हेमन्त बस्याल र अम्बिका शर्मा लामिछानेको आवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS