IME Life New

धितोपत्र कारोबारमा १२ करदाताबाट अपुग आयकर रु. १.५८ करोड ब्याजसहित असुल गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले धितोपत्र कारोबारमा १२ करदाताबाट अपुग आयकर १ करोड ५८ लाख रुपैयाँ लाग्ने शुल्क र ब्याजसहित असुलउपर गर्न निर्देशन दिएको छ।

कार्यालय आइतबार ६१ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो। आन्तरिक राजस्व कार्यालय कालीमाटी, महराजगन्ज र जोरपाटीअन्तर्गतका १२ करदाताले पेस गरेको अनुसूची १० अनुसार नेपाल धितोपत्र विनिमय बजारमा धितोपत्र किनबेच कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

उक्त कारोबारको प्रकृतिअनुसार करयोग्य आयको ३० प्रतिशतका दरले आयकर दाखिला गर्नुपर्ने हुन्थ्यो। तर, ती करदाताले २५ प्रतिशत दरले मात्र आयकर कर दायित्व निर्धारण गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैले ३१ करोड ६२ लाख ३० हजार रुपैयाँ आयमा थप ५ प्रतिशतले हुने नपुग आयकर १ करोड ५८ लाख ११ हजार रुपैयाँ र सोमा लाग्ने शुल्क तथा ब्याजसमेत छानबिन गरी असुल गर्न महालेखाले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS