IME Life New

धरानमा सूर्तीजन्य पदार्थ बिक्री-वितरण र भण्डारमा रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धरानमा सूर्तीजन्य पर्दा बिक्री-वितरण र भण्डारमा रोक लगाइएको छ।

धरान उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र सूर्तीजन्य पर्दा बिक्री-वितरण र भण्डारमा रोक लगाएको हो। गत पुस २९ गतेको कार्यपालिका बैठकबाट भएको निर्णयलाई कार्यान्वयन गर्दै आजबाट धरान नगर क्षेत्रका सार्वजनिक स्थलहरुमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो।

Esewa
Crest

कसैले यो सूचनाको अवज्ञा गरी बिक्रीवितरण तथा भण्डार गरेको पाइएमा नगर प्रहरीमार्फत जफत गरी कानुनबमोजिम जरिवाना गरिने उपमहानगरले चेतावनी दिएको छ।

धूम्रपान तथा सूर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि अति नै हानिकार मानिन्छ। सूर्तीजन्य पदार्थको बिक्री–वितरण र उपयोगबाट जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै प्लास्टिक वा बट्टामा प्याकेजिङ गरिएका सूर्तीजन्य पदार्थका कारण पर्यावरण प्रदूषित हुने, फोहोर मैला बढ्न गई सहरको सुन्दरतामा प्रतिकूल प्रभाव पर्ने अवस्थालाई दृष्टिगत गरी धरान नगरक्षेत्रका सार्वजनिक स्थल (पाटीपौवा, बाटोघाटो, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायमशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिक स्थल) लगायतमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कट, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिनेजस्ता सूर्तीजन्य वस्तु भण्डार, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय कार्यान्वयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS