IME Life New

व्यवसायीक सम्बन्ध विस्तार गर्न सीएनआई र बीभीएमडब्ल्यूबीच समझदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यावसायिक संघ (बीभीएमडब्ल्यू) बिच दुई द्विपक्षीय व्यवसायीक सम्बन्ध एवं सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ।

समझदारीपत्रमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गरेका छन्। सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगहरुबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताए। उनले नेपाल र जर्मन एसएमइजबीचको सहकार्यले दुवै राष्ट्रको विकासमा टेवा पुरÞ्याउने र समृद्धितर्फ डोरÞ्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

Esewa
Crest

कार्यक्रममा नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जले यस सहकार्यले व्यावसायिक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्ने बताए। उनले दुवै देशका साना तथा मझौला उद्योगहरुबीचको सहकार्यलाई बढावा दिन र सीमापार व्यापार सहज गर्नसमेत यसले उल्लेख्य योगदान गर्ने बताए।

बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि थपलियाले यस समझदारीको उद्देश्य व्यवसायिक सम्बन्ध अभिवृद्धि गर्ने, लगानी आकर्षित गर्ने र दुवै देशका लागि हित हुने संयुक्त उद्यमका अवसरहरु खोज्ने रहेको बताए।

उक्त अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपक राज जोशी, सीएनआई वमन लिडरसिप फोरम सदस्य रिता भण्डारीलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS