IME Life New

द्रूत आर्थिक समृद्धि मौद्रिक नीतिले समेट्न सक्दैन: चेम्बर अफ कमर्श

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल चेम्बर अफ कमर्श लेनेपाल राष्ट्र बैंकद्वारा जारि भएको चालु आर्थिक बर्षको मौद्रिक नीतिलाई लिएर आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। चेम्बरले नेपाल सरकारको बजेटमा उल्लेखित ८दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि ६ प्रतिशत मुनीको मुद्रास्फ्रिती हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्षित उद्देश्य सहहनिय रहेको चेम्बरको धारणा रहेको छ ।

तर त्यस अनुरुप मौद्रिक एंव वित्तिय उपकरणको माध्यमबाट सो लक्ष्य पूर्ण रुपले हासिल गर्ने गरि मौद्रिक नीति आएको अनुभूति हुन सक्ने नदेखिएको चेम्बरले जनाएको छ । दु्त गतिको आर्थिक गतिविधि विस्तारका लागि उद्योगी एंव व्यवसायीहरुले उद्यम व्यवसाय गर्न आवश्यक माग अनुसार व्यवस्था र कर्जाको व्याजदर घट्नुपर्नेमा मौद्रिक नीतिमा सो विषयमा आंिशक बिषयलाई मात्र समेटिएको जनाएको छ ।

Esewa
Crest

मौद्रिक नीतिमा सुधार गरिएका वित्तिय औजारको प्रयोग पनि निकै चूनौतिपूर्ण हुने देखिन्छ । कर्जाको व्याजदर घटाउन चेम्बरले सुझाब प्रस्तुत गरेको ३ दशमलव ५ प्रतिशत कर्जा र निक्षेपको अतिप्त ब्याजदर अन्तर स्प्रेड दर ४दशलव ४ प्रतिशत कायम गरिएको छ ।

नयाँ पूँजी निर्माणमा मौद्रिक नीतिले ठोस कार्यक्रम ल्याउन नसकेको देखिएको चेम्बरले जनाएको छ । मुद्रा स्फिती ६ प्रतिशतमा नबढ्ने र ७ महिनाको आयातलाई धान्ने विदेशी मुद्रा सञ्चिती राख्ने लक्ष्य रहेको र मुलुकको १५ औं आवधिक योजनाको समग्र लक्ष्य पूर्तिंमा समेत मौद्रिक नीति परिलक्षित हनु पर्नेमा सो को लागि आवश्यक पर्ने बैकल्पिक स्रोतहरुको व्यवस्थापनमा यो नीति संकुचित देखिएको चेम्बरद्धारा जारि बिज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS