IME Life New

दोस्रो त्रैमासमा ओटीसी बजारमार्फत रु. ६३.६५ करोडको शेयर कारोबार, कुन कम्पनीको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेप्सेको ओटीसी बजारमा ६३ करोड ६५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

नेप्सेले आज जारी गरेको सूचनाअनुसार दोस्रो त्रैमासमा ओटीसी बजारमा विभिन्न २२ कम्पनीका कुल ६३ करोड ६५ लाख ७ हजार ३२८.८ रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ती कम्पनीको कुल ५९ लाख ६७ हजार २२० कित्ता शेयर किनबेच भएका छन्।

Esewa
Crest

दोस्रो त्रैमासमा नेपाल हस्पिट्यालिटी एन्ड होटेलको सर्वाधिक २५ करोड ४४ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

नेप्सेमा २०७२ माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्तहरु पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार तथा नामसारी ओटीसी बजारमार्फत कारोबार गर्न सकिने व्यवस्था रहेको छ। हालसम्म ओटी बजारमा २२६ कम्पनी दर्ता भई कारोबारमा रहेको नेप्सेले जनाएको छ।

otc

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS