IME Life New

देशभर बीमा सेवा विस्तारको लागि घुम्ती बीमा सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


दैनिक जनजीवनमा अत्यावशकिय सेवा मध्ये आर्थिक सुरक्षाका लागि बीमा एक मात्र भरपर्दो उपकरणको नामले पहिचान बनाउन सफल भएको छ ।

तर नेपालको जनसख्ंयाको आधारमा बिमा सेवा पहुँच १ः३१ प्रतिशतमा सीमित रहेको राष्ट्र बैङ्कको आर्थिक सर्वेक्षणले प्रस्ट पारेको छ । भने राष्ट्रिय ग्राहस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान करिब २ प्रतिशतमा तल छ ।

Esewa
Crest

त्यस कारण बीमा सेवा पहुँच वृद्धि लक्षित नेप्लीज इन्स्योरेन्स सोसाइटीले घुम्ती बिमा सेवा कार्यक्रलाई सञ्चालनमा ल्याउन सफल भएको छ । यो कार्यक्रम देश भरी सञ्चालनमा ल्याइने संस्थाले जनाएको छ ।

घुम्ती बिमा सेवा कार्यक्रमलाई सफल बनाउन जीवन/र्निजीवन अन्तर्गत सञ्चालित ४० बिमा कम्पनीको प्रत्यक्ष सहभागिता रहने नेपाल इन्स्योरेन्सका जनरल म्यानेजर विक्रान्त पाण्डेले बताएका छन् ।

उनका अनुसार प्रत्येक प्रदेशमा यो सेवा सञ्चालनमा ल्याइने छ , भने त्याँहाका कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य उपचार , तेस्रो पक्ष दायित्व सहित सवारी साधन साधन जस्ता शीर्षकमा सोही स्थानबाट बीमा सेवा उपल्वध गराइने छ । प्रत्येक प्रदेशमा सञ्चालन हुने यो कार्यक्रम वर्ष भरी हर्षउल्लासका साथ मनाइने जनाइएको छ ।

बिमा सेवा झनझट नभई अत्यावशकीय सेवा भएको सूचना प्रवाह गर्न घुम्ती सेवा प्रभावकारी हुनेछ । यस प्रयासबाट सरकारी र निजिक्षेत्रका लगानी सुरक्षित गर्न सहयोग पुग्ने अनि बताउँछन् ।

बिमा बजार आकार बि.स २०७२ सालको प्रलयकारी भुईँचालो पछि ह्वात्तै वृद्धि भएको छ । आम नागरिकले समेत त्यस पछिका दिनमा बिमालाई प्राथमिक्तामा राख्न थालेका छन् । बिमा समितिका अधक्ष्य चिरञ्जीवी चापागांईका अनुसार जनचेतना मूलक घुम्ती बिमा सेवालाई समितिको प्रत्यक्ष सहयोग रहनेछ ।

सेवा सञ्चालन भएको स्थानबाटै बीमांकीय रकमको आधारमा अनलाइन मार्फत पोलेसी जारी गरिने उनले बताएका छन् ।
तर दाबी भुक्ततानीका लागि बीमीतले समवन्धित बिमा कम्पनीमा सम्पर्क राख्नु पर्नेमा आगामी दिनमा घुम्ती बिमा सेवा मार्फत उपल्वध हुंदैजाने व्यवस्थाले बीमीत थप लाभान्वित हुने उनको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS