IME Life New

देवः विकास बैंकको नयाँ शाखा सुर्खेतको एरिचोकमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

देवः विकास बैंक लि.ले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –४ एरिचोकमा नयाँ शाखा बिस्तार गरेको छ । सो शाखा कार्यालयको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शाखा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँचका साथै निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।

Esewa
Crest

कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले स्थानीय उत्पादकत्व बढाउन स्थानीय श्रोत परिचालन गरी बैंकले लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र कर्णाली प्रदेशमा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS