IME Life New

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनले काठमाडाैं पछि ललितपुर जिल्लामा पनि निषेधाज्ञा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झापाका व्यवसायी दुर्गा प्रसाई‌ं नेतृत्वमा रहेको समूहले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्न घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासनले पुलचोक र आसपासको क्षेत्रमा म‌ंगलबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रशासन कार्यालयले म‌ंगलबार सार्वजनिक गरेको सूचनामा पुलचोकस्थित युएन हाउस, मन्त्री निवास पूर्वतर्फ जाने इनार मोड जाने मूल बाटो, राष्ट्रिय किताब खाना, उत्तरतर्फ आन्तरिक राजश्व कार्यालय, तथा यूएन हाउस दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय शहकारी विकास बोर्डको चार किल्लाभित्र पाँचजना भन्दा बढी व्यक्ति भेला भई सभा, विरोध प्रदर्शन, नारा जलुस धर्ना घेराउ अनशन जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको हो ।

Esewa
Crest

काठमाडाै‌ं जिल्ला प्रशासन कार्यालयले ३० दिनका लागि निषेधाज्ञा जारी गरेकोमा त्योभन्दा अघि बढ्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले ६ महिनाका लागि निषेधाज्ञा लागू गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS