IME Life New

दुई वाणिज्य बैंकको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दुई वाणिज्य बैंकको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। सानिमा बैंक र कुमारी बैंकको कुल ४ लाख ५८ हजार ३६३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

सानिमा बैंकको कुल ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

Crest

सानिमा बैंकको शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

यसैगरी कुमारी बैंकको कुल १ लाख ५८ हजार ३६३ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको टंगालस्थित बैंकको केन्द्रीय कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा शेयर खरिद आवेदन दिन सक्नेछन्।

उक्त अवधिभित्र शेयर खरिद आवेदन नपरेकोमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS