IME Life New

दुई न्यारोबडी जहाज भाडामा लिन वायुसेवा निगमद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज भाडामा लिने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि निगमले मंगलबार सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

देशको पर्यटन प्रवर्द्धनमा समेत सशक्त उपस्थिति देखाई विदेशी पर्यटकहरुलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोबडी जहाज वेट लिजमा लिन तालुक मन्त्रालयको समेत सहमतिमा बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ। निगमको कार्ययोजनाअनुसार निगमसँग भएका वाइडबडी जहाजलाई लामो दूरीका जापान, सिड्नी र कोरिया उडानमा लगाउने र नजिकका गन्तव्यमा न्यारोबडी जहाज उडाउने योजना रहेको निगमले जनाएको छ।

Esewa
Crest

निगमसँग अहिले दुईवटा न्यारोबडी र दुई वटा वाइडवडी जहाज छन्। नजिकका सेक्टरमा समेत अहिले निगमले वाइडवडी जहाज प्रयोग गरिरहेको छ। दुईवटा मात्र न्यारोबडी जहाजले दिल्ली, दुबई, दोहा, मलेसियालगायतमा यात्रुको चाप नधान्ने भन्दै निगमले जहाज लिन लागेको स्पष्ट पारेको छ।

भविष्यमा भैरहवा विमानस्थलबाट उडान गर्न समेत यी जहाज प्रयोग गरिने निगमले जनाएको छ।

सरकारबाट विभिन्न समयमा गठन भएका सुधार आयोगले जहाज थप्न दिएको सुझाव अनुसार पर्यटन मन्त्री सुदन किराँतीको निर्देशनमा जहाज भाडामा लिने प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ।

ती जहाज जुलाई २०२४ सम्म ल्याएर उडानमा आइसक्ने अपेक्षा निगमको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS