IME Life New

दुई दिनमै १ खर्बले बढ्यो शेयर लगानीकर्ताको सम्पत्ति, पुसभित्रै नेप्से २४०० माथि पुग्ने बजार जानकारको मत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता दुई दिनको कारोबारमै शेयर लगानीकर्ताको सम्पत्ति १ खर्ब रुपैयाँ बढीले बढेको छ।

शेयर बजार हिजो आइतबार र आज सोमबार दुवै दिन बढेको छ। हिजो २७ अंकले बढेको बजार आज ३८ अंकले बढेको छ। बजार आज २०६०.४९ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

दुई दिनको बढोत्तरीका साथ बजार पुँजीकरण बढेर आज ३१ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत साता बिहीबार बजार पुँजीकरण ३० खर्ब ७६ अर्ब ५२ करोड रुपैयाँ थियो। यो हिसाबले लगानीकर्ताको सम्पत्ति १ खर्ब १ अर्ब ६३ करोड रुपैयाँले बढेको छ।

यो दुई दिनमा नेप्से परिसूचक ६५.८९ अंकले बढेको छ।

बजार जानकार मणि दाहाल अर्थतन्त्र सूचकसँगै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक समीक्षामार्फत लचिलो नीति लिएकोले शेयर बजारमा चमक फर्किएको छ। ‘अहिले लगानीकर्ता सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेका छन्’, उनले भने, ‘यसले लगानीकर्ताको मनोबल बढ्न थालेको बुझ्न सकिन्छ। यसले बजारमा सकारात्मक प्रभाव पर्छ।’

बजार पुस महिनाभित्रै २४०० भन्दा माथि पुग्ने दाहालको अनुमान छ। ‘बजारमा २२०० आसपासको प्रतिरोध ब्रेक गरेरमा यो महिनाभित्रै २४०० भन्दा माथि पुग्न सक्छ’, उनले भने।

पुराना लगानीकर्ता सुदीप बराल पनि चौतर्फी सकारात्मक महौल रहेकोले लगानीकर्ताको मनोबल बढ्न थालेको बताउँछन्। ‘लगानीकर्ताको मनोबल बढेकै कारण बजार लयमा फर्किन थालेको हो’, उनले भने।

बरालले पनि बजार अब सानोतिनो करेक्सनका साथ पुसभित्रै २४०० माथि पुग्न सक्ने बताए। ‘केही नकारात्मक खबर नआएमा बजार आफ्नै लयमा २४०० माथि पुग्न सक्छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS