IME Life New

दुई कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साल्ट ट्रेडिङ र ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। यी दुई कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

साल्ट ट्रेडिङको १५ प्रतिशत बोनश वितरणपछि शेयरमूल्य समायोजन गरी नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४ हजार ५६२ रुपैयाँ ६१ पैसा कायम गरेको छ। कम्पनीको बिहीबार अन्तिम शेयर प्रतिकित्ता ५ हजार २४७ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता ३६२ रुपैयाँ ५२ पैसा कायम गरेको छ। कम्पनीको बिहीबार अन्तिम शेयर मूल्य प्रतिकित्ता ३७६ रुपैयाँ ३० पैसाको आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS