IME Life New

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले गर्दैछन् साधारण सभा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेशनल लघुवित्त र माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । नेशनल लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले आफ्नो दशौँ वार्षिक साधारण सभा चैत १६ गते, शुक्रबार आब्हान गरेको छ । उक्त सभा धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश नुमोदन गर्नुका साथै, एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, माउन्टेन इनर्जीले साधारणसभाको प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले चैत १३ गते साधारणसभा आह्वान गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS